राष्ट्रिय एचआईभी तथा एड्स महासंघको संक्रमितहरुलाई सहयोग

राष्ट्रिय एचआईभी तथा एड्स महासंघको संक्रमितहरुलाई सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख १९।

राष्ट्रिय  एचआईभी तथा एड्स महासंघले ग्लोबल फण्डको सहयोगमा (कोभिड१९) को उच्च जोखिममा रहेका १४०० संक्रमितहरुको प्रत्यक्ष रुपमा जीवन रक्षा गर्न गर्न सहयोग गरिरहेको छ।

 महासंघले १२ वर्ष मुनिका संक्रमीत बालबालिका र ४५ वर्ष माथिका गरिबीको रेखामुनि भएका संक्रमितहरुलाई पोषण सहयोग उपलब्ध गराउदै आएको आएको छ।

आवाज बिहिनहरुको आवाज” भन्ने नारालाई आत्मसाथ गर्दै  महासंघ र महासंघ सँग आवद्ध  संस्थाहरूले १२-१८ वर्षका संक्रमीत बालिका,किशोरी र महिलाहरुको लागि मासिक धर्म र सरसफाई लक्षित स्यानीटरी प्याड , मासिक श्रावको समयमा प्रयोग हुने सामाग्री  ,पोषण सामाग्री  र  हर्लिक्स  को वितरण गरीरहेको महासंघका अध्यक्ष राजेस दिदियाले जानकारी दिएका छन ।

एक महिना लामो लकडाउनको अवस्थामा आफूलाई सतर्क र सचेत राख्दै समुदायको जीवन रक्षाको लागि घर घरमा समुदायको अभियानलाई निरन्तरता दिदै अत्यावश्यक एआरभी औषधि र पोषण सहयोग उपलब्ध गराउदै आएको महासंघले करिव १९ हजार  संक्रमितहरुलाई समेट्न नसक्दा अर्को ठुलो समूह मृत्युको मुखमा पुग्ने खतरा रहेको बताउदै अध्यक्ष दिदियाले

 देशमा लकडाउनको अवस्था रहेकाले संक्रमीत समुदायहरु सहज रूपमा उपचार केन्द्रको पहुँचमा आउन नसकेको जानकारी दिएका छन।

 यस विषम परिस्थितिमा महासंघमा आवद्ध संस्थाहरुको सक्रियतामा “घर घरमा समुदाय”को नारा सहितको  समुदाय स्तरमै गएर दैनिक प्रयोग हुने एआरभी वितरण गरिरहेको जानकारी दिदै अध्यक्ष दिदियाले नेपाल सरकारले निशुल्क उपलव्ध गराउदै आएको औषधि कमि हुन नदिने प्रतिबद्धता गरे पनि पेटको भोक मेटाई उनिहरुको जीवन बचाउन कुनै योजना बनाएको नबनाएकोमा दुख व्यक्त गरेका छन।

 त्यस्तै यस अवस्थामा औषधि मात्र उपलब्ध गराउनुको कुनै औचित्य नहुने भएकोले समयमै सवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरुले संक्रमीत समुदायको जीवन रक्षाको लागि हुन् अध्यक्ष दिदियाले अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।