काठमाडौं महानगरपालिका वडा नं १५ जनगल्लीमा पनि निशुल्क भोजन अभियान शुरु
कपन अनलाइन
काठमाडौं ,बैशाख १८।
काठमाडौं महानगरपालिका वडा नं १५ ले वडाको जनगल्ली र बुद्धपार्कमा पनि लकडाउनका कारण भोको पेट बस्नु पर्ने बाध्यतामा रहेका विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुका लागि निशुल्क भोजन उपलव्ध गराउने अभियान शुरु गरेको छ।
मनाङबासी, तिलेचो खाङ्सार सेवा समिति र निस्याङ मनाङ वोमेन सोसाइटी, बुद्धपार्क तथा जर्मनक्वाटरकाे संयाेजनमा सो क्षेत्रमा निशुल्क भोजन उपलव्ध गराउने अभियान शुरु भएको हो।
उक्त अभियानको शुरुवात प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्यहरु निमा लामा, आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्वयंसेवकहरु सहितको उपस्थितिमा गरिएको हो। । साथै भुइखेल र चमतिमा पनि निशुल्क खाना खुवाउने कार्य पनि निरन्तर रहेको छ।