जीत (कविता)

जीत  (कविता)

कपन अनलाइन 

काठमाडौं, बैशाख १४/ प्रकाश अधिकारी  

 

जीत दृष्टि आफैँ बदल्ने हो

आफैँले आफैँलाई बदलेर,

सोच बदलेर

जो हराएको हुँदैन

खोजेर मान्छे परिवर्तन हुँदैन

देख्नु र भोग्नु पर्छ

सहनु र स्वीकार्नु पर्छ ।

 

बिग्रिएकोलाई

मिलाउँन सक्नु पर्छ

मिलेकोलाई जानाजान बिगार्नु हुँदैन।

 

(अफ्ठ्यारा छन् भनेँ गोरेँटाहरू)२,

हिडेकाहरुलाई देखेर

कि फर्किनु पर्छ

कि मिलाएर जानु पर्छ।।

 

निर्माणलाई

बिधङ्स होइन

बिधङ्सलाई निर्माण गर्नु पर्छ।

केही पाउँन

केही गुमाए पछि

परिणाम आउँछ

हार्नेहरुका अगाडि जीतको ।।

 

त्यसैले

हार्नेहरुलाइ पनि

जीत , दिएर

जीत्न सिकाउँनु पर्छ ।।

 

तपाइँको प्रतिक्रिया ।