अबको प्राथमिकता रोजगार र उत्पादनःमुख्यमन्त्री डोरमणि पौडेल

अबको प्राथमिकता रोजगार र उत्पादनःमुख्यमन्त्री डोरमणि पौडेल

कपन अनलाइन
हेटौंडा, बैशाख ९।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मङ्गलबार धादिङ, दोलखा, रसुवा र काभ्रेपलान्चोक जिल्लाका स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स गरेका छन ।

कन्फ्रेन्समा अब रोजगार र उत्पादन क्षेत्र प्राथमिकतामा पर्ने बताउदै  मुख्यमन्त्री पौडेलले भहिजोको प्राथमिकता पुर्वाधारमा थियो, सडकमा थियो,  पुलमा थियो अब रोजगार र उत्पादनको कुरा प्राथमिकतामाहुने बताएका छन।

उत्पादनको आधार कृषि क्षेत्र भएकोले वास्तविक किसानले अनुदानमा बिउबिजन, मललगायतका सामग्री उपलब्ध गराईने बताउदै मुख्यमन्त्री पौडेलले  १५ देखि २० लाख युवा अब बिदेश बाट फर्कने हुदा  उनीहरुलाई  रोजगार दिनुलाग्नु पर्ने धारणा राखेका छन।
अहिलेको अवस्थामा स्थानीय तहको काम गर्व गर्न लायक रहेको भन्दै कोरोना सङ्क्रमण रोकथाम नियन्त्रणको प्रयासको प्रशंसा गर्दै  उनले अहिले संघीय सरकारको, प्रदेश सरकारको बजेट कुर्नु नपर्ने भन्दै स्थानीय तहसंग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न सकिने बताएका छन।

ज्यालादारी गर्न नपाएर खान समस्या हुनेलाई राहतका लागि प्राथमिकतामा राख्न आग्रह गर्दै पौडेलले  राहत बितरणमा प्रतिस्पर्धा गर्ने बिकृति देखिएको भन्दै बितरण प्रणालीलाई ब्यबस्थापन गरेर एकद्वार बनाउन निर्देशन दिएका थिए।

स्थानिय तहले बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसंग संसर्ग भएका ब्यक्ति पत्ता लगाउने काम जारी राख्न आग्रह गर्दै स्वास्थ्य परिक्षणका लागि तयारी हालतमा रहनु पर्ने भन्दै उनले महामारीले दुख, समस्या ल्याउने भन्दै स्वास्थ्य सामग्री, खाद्य सामग्री पुर्याउन आबश्यक व्यबस्था सरकारले मिलाउने  बताएका छन।

 उनले “हामी सबै मिलेर कोरोनालाई पराजित गर्न सक्छौ, एकजुट हौं, मिलौ, हातेमालो गरौ, आत्मबिश्वास, आत्मबल बलियो पारौं ।” तत्कालका समयमा पैदलयात्रीहरुलाई खानाको ब्यबस्था गरी गन्तब्यतर्फ पठाउन सहजीकरण गर्न समेत  आग्रह गरेका थिए।

मुख्यमन्त्री पौडेलले मंगलबार काभ्रेको धुलीखेल नगरपालिका, रामेछापको खाँडादेबी गाउँपालिका, धादिङको निलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिकाा, दोलखाको शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।