कान्ति बाल अस्पताललाई टोखा नगरपालिकाको PPE सहयोग

कान्ति बाल अस्पताललाई टोखा नगरपालिकाको PPE सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ८।

टोखा नगरपालिकाले कान्ति बाल अस्पताललाई पिपिई हस्तान्तरण गरेको छ । टोखा नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले अस्पताललाई पिपिई हस्तान्तरण गरेका हुन्  ।
कोरोना भाइरसको विरुद्ध को अभियानमा अग्रिम मोर्चामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई  उपचार गर्न सहज होस् भन्ने उद्देश्यले कान्ति बाल अस्पताललाई पिपिई हस्तान्तरण गरिएको नगर प्रमुख अधिकारीले बताएका छन ।

यस्तो विषम बेलामा आफ्नो सुरक्षाको पर्वाह नगरी प्रकोप संग लडिरहेका योद्दाहरुको मनोवल बढाउदै उनीहरुको सत्प्रयासको सम्मान स्वरूप यप सहयोग गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छन।

 

तपाइँको प्रतिक्रिया ।