चार नगरपालिका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छौ :नगर प्रमुख कृष्णहरि थापा (कागेश्वरी मनोहरा)

चार नगरपालिका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छौ :नगर प्रमुख कृष्णहरि थापा (कागेश्वरी मनोहरा)

कपन अनलाइन

काठमाडौं,बैशाख ८। लकडाउनको समयमा हृदयाघात, मिर्गौला रोगी लगायतका आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पताल सम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन कागेश्वरी मनोहरा नगरपालिकाले  निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको  नगर प्रमुख कृष्णहरि थापाले कपन अनलाइनलाइ  बताए ।कोरोना महामारीबाट बच्न घरमै रहेका नगरबासीलाई स्वास्थ्य संग सम्बन्धित कुनै पनि समस्या आएमा  कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्न लागिएको बताए । लकडाउनका कारण घरमै रहेका नगरबासीहरु विरामी भएको बखत नगरपालिकाले बैशाख मसान्त सम्मका लागि निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको  बताए  ।

नगरपालिकाले यसका लागि चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको जानकारी गराउदै नगरपालिकाद्वारा सञ्चालित यी चार वटा एम्बुलेन्स भने, कागेश्वरी, शंकरापुर नगरपालिका आसपास, गोकर्णेश्वर नगरपालिका आसपास तथा काठमाडौं महानगरपालिकाका वडा नं. ३२ मा उपयोग गर्न पाइने नगर प्रमुख कृष्ण हरि थापाले बताए ।

नगरबासीले निःशुल्क एम्बुलेन्स प्रयोग गर्नका लागि एम्बुलेन्स चालक चिरन कटुवाल, ९८४१२४६०७०, राजु नगरकोटी, ९८०३०६४७७२, विनोद परियार, ९८६०४३७७७७ र केशब गौतम, ९८४१०५२६४५ मा सम्पर्क गर्न  सक्ने पनि बताए ।त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ ।

निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन भने निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउनजान आनाकानी वा मोलतोल गर्न नपाइने  पनि बताए ।

साथै उनले नगरपालिका भित्र संचालनमा रहेका संस्थागत बिद्यालयका स्कुल बस नगरपालिका नगरपालिकाले आपतकालीन अवस्थामा रहेका व्यक्तिको उद्दार  कार्यमा प्रयोग गर्नुपर्ने भएमा सहज ढंगले प्राप्त होस् भनेर संस्थागत स्कुलका स्कुल बसका ड्राइभर तथा प्रिन्सिपलहरुलाई नगरपालिकामा सम्पर्क गरि नम्बर उपलब्ध गराउन पनि अनुरोध गरका छ।

तपाइँको प्रतिक्रिया ।