काठमाडौं क्षेत्र नं २ का स्थानीय तहलाई पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोग

काठमाडौं क्षेत्र नं २ का स्थानीय तहलाई पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोग

कपन अनलाइन

काठमाडौं,बैशाख ६।

काठमाडौं  क्षेत्र नं २ प्रतिनिधि सभामा निर्वाचित पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालको सक्रियतामा  क्षेत्रका विभीन्न नगरपालिकामा तथा काठमाडौं महानगरपालिकाका वडाहरुमा  खाद्यान्न सहयोग गरिएको छ।

पुर्व प्रधानमन्त्री  नेपालको सहयोगमा शंखरापुर नगरपालिकामा पाँच सय, कागेश्वरी मनोहरा नगपालिकामा तीन सय, काठमाडौं  महानगरको ३२ वडाका लागि पाँच सय प्याकेट  र  महानगरको ९ नम्बर वडाका लागि तीन सय प्याकेट चामल लगायत अन्य खाद्यान्न सामाग्री व्यवस्था गरेका हुन् ।

शंखरपुर नगरपालिका  र काठमाडौं महानगरपालिका वडा नं  ९  का लागि मारवाडी सेवा समाजले राहत उपलब्ध गराएको थियो  भने कागेश्वरी र महानगरको वडा नं  ३२ का लागि विराटनगरका सुरेशकुमार राठी र सुनसरीका सुमन भट्टराईले सहयोग गरेका थिए ।

राहत प्याकेटमा १३ किलो चामल, सन् फ्लोर तेल, मुसुरोको दाल,साबुन, आलु, चिउरालगायतका खाद्य सामाग्री रहेको छ।

तपाइँको प्रतिक्रिया ।