ग्रील तथा स्टील व्यवसायी महासंघका उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ द्वारा प्रहरीलाइ मेनक्याच स्टीक प्रदान
कपन अनलाइन
काठमाडौं बैशाख ६ ।ग्रील तथा स्टील व्यवसायी महसघ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले नयबस्ती प्रहरी कार्यलय प्रमुखलाइ मेनक्याच स्टीक निशुल्क हस्तान्तरण गरेका छन् । विश्वव्यापी रुपमा अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाबकारी कार्यान्वयन गर्न लकडाउन उलंघन गर्नेलाई सुरक्षित किसिमले सोसियल डिस्टेन्स कायम गरि नियन्त्रणमा लिन उक्त मेनक्याच स्टीक उपयोगी हुने यदि संक्रमित ब्यक्ति भए दुबै जना सुरक्षित हुने हुदा यसको महत्त्वलाई महसुस गरि आफ्नो जिउज्यान जोखिममा राखी जनताको जिउधनको सुरक्षाको निम्ति अहोरात आफ्नो ड्युटिमा खरिरहेका सुरक्षाकर्मिलाई सुरक्षित राख्नकै लागि सो सामाग्री उपलव्ध गराएको उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले बताए ।
उनले उच्च मनोबल बढाउन नेपालमै उपलब्ध सामानको प्रयोग गरि तयार गरिएको मेनक्याच स्टीक महासघले देशका अन्य स्थानमा पनि उपलब्ध गराउने जानकारी उपाध्यक्ष श्रेष्ठले गराए । उनले यो महामारी बाट बच्न सबैले लकडाउनको पालना गरि सबैले आफ्नो आफ्नो ठाउबाट सक्दो सहयोग गर्नु पर्ने बताएका छन ।
उपाध्यक्ष श्रेष्ठका अनुसार उक्त मेनक्याच स्टीक बुझ्नु हुँदै नया बस्ति प्रहरी कार्यालय प्रमुख ले यस्तो कठिन परिस्थिरिमा महासघले गरेको यो सहयोगले प्रहरिको सुरक्षा सगै काम गर्ने मनोबल समेत बढने भएको हुदा महासघ र काठमाडौ जिल्ला संघ प्रती आभार प्रकट गर्दै देशलाइ संकट परेको बेला सबैले मन खोलेर आफुले सक्ने सहयोग गर्नु मानबिय धर्म भएको बताए ।