लकडाउन थप प्रभावकारी बनाउने काठमाडौँ क्षेत्र नं ५ (२ ) का जनप्रतिनिधिहरुको निर्णय

लकडाउन थप प्रभावकारी बनाउने काठमाडौँ क्षेत्र नं ५ (२ ) का जनप्रतिनिधिहरुको निर्णय

कपन अनलाइन

काठमाडौं ,बैशाख ६।

बागमती प्रदेश  काठमाडौँ क्षेत्र नं ५ (२ ) निर्वाचन क्षेत्रभित्रका जनप्रतिनिधिहरुले लकडाउन र प्रकोप नियन्त्रण तथा रोकथाम नियन्त्रण अभियान थप प्रभावकारी बनाउने निर्णय गरेका छन ।

बागमती प्रदेस सरकारको निर्णय अनुसार प्रदेस सभा क्षेत्रमा गठन भएको अनुगमन समितिका संयोजक निरौलाको संयोजनमा भएको बैठकमा विदेस बाट आउने नागरिकको स्वास्थ्य परिक्षण ,राहत वितरण र लकडाउन पालनाका विषयमा छलफल गरिएको थियो।

टोखा नगरपालिकाको कार्यपालिका भवनमा गरिइको उक्त कार्यक्रम प्रदेश सभा सदस्य माननीय दिपक निरौलाको संयोजनमा  भएको  उक्त छलफलमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, टोखा नगर पार्टी सचिव सत्यनारायण डंगोल ,नरोत्तम राना, टो.न.पा वडा ७ का वडाध्यक्ष,  टोखा नगरपालिका वडा नं ११ का अध्यक्ष तथा नगर प्रवक्ता बच्चुराम बस्याल लगायतको उपस्थिति रहेको थियो।

उक्त बैठकमा प्रकोप नियन्त्रण र रोकथामका लागि अवका दिनमा वडा समितिको बैठक मार्फत एक द्वार प्रणाली बाट प्रकोप नियन्त्रण तथा रोकथामको अभियान अगाडी बढाउनु पर्ने धारणा राख्दै सांसद निरौलाले वडा वडामा लकडाउन प्रभावकारी बनाउनका लागि राजनीतिक दल ,सुरक्षा निकाय,संघ संस्था तथा स्वयंसेवकको सहयोग लिनुपर्ने धारणा राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।