कोरोना रोकथाम तथा नियन्त्रणका लागि मोलुङ गाउँपालिकाको महत्वपूर्ण निर्णय

कोरोना रोकथाम तथा नियन्त्रणका लागि मोलुङ गाउँपालिकाको महत्वपूर्ण निर्णय

कपन अनलाइन

ओखलढुंगा  ,बैशाख ४।

मोलुङ गाउँपालिकाले  कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धि विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ। गाउँपालिका अध्यक्ष मणिराज राइ , उपाध्यक्ष  हेमकुमारी तामाङ , १-८ सबै वडा अध्यक्ष एवम् ७ वटै स्वास्थ्य चौकी इन्चार्जको उपस्थितिमा भएको बैठकले निम्न निर्णयहरु गरेको छ।
१. वडा स्तरिय स्वयंसेवक समिती गठन गर्ने ।
२. गाउँपालिका भित्रका दिर्घ रोगीहरुको पहिचान गरी वडा कार्यालय , स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको समन्वयमा आवश्यक औषधि उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने ।
३. इमर्जेन्सी बिरामिको लागि  सम्वन्धीत्  वडा कार्यालय , स्वास्थ्य संस्था , स्वास्थ्य संयोजक र गाउँपालिका प्रमुख को समन्वयमा अनलाइन पासको लागी आवश्यक सहजिकरण गर्ने ।
४. कोरोना जोखिम युक्त क्षेत्र बजार एरियामा किटनाशक बिषादी ब्लिसिङ पाउडर र क्लोरिन छर्किने ।
५. सामुदायिक मिसन हस्पिटलले असाहाय
बिपन्न दैनिक ज्यालादारी गरेर खाने गाउँपालिकाका नागरिकलाइ लकडाउन अवधिको लागी केहि राहात उपलब्ध गराउने भएकोमा गाउँ पालिकाबाट हार्दिक धन्यवाद ब्यक्त गर्ने साथै वडा कार्यालय बाट तथ्य परक लगत बिबरण संकलन भए पश्चात मात्रै उक्त राहत बितरण कार्यक्रमलाइ अघि बढाउने ।
६. संविधानसभा  सदस्य  रामहरि खतिवडा बाट प्राप्त १००० थान माक्स बितरण गर्ने साथै माक्स उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ब्यक्त गर्ने।

 

तपाइँको प्रतिक्रिया ।