बुढानिलकण्ठ ११ मा लकडाउन उलंघन गरि मर्निङवाक,इभिनिङ वाक नगर्न वडा अध्यक्ष राजु अधिकारीको अनुरोध

बुढानिलकण्ठ ११ मा लकडाउन उलंघन गरि मर्निङवाक,इभिनिङ वाक नगर्न वडा अध्यक्ष राजु अधिकारीको अनुरोध

कपन अनलाइन

काठमाडौं, बैशाख ४ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११वडा अध्यक्ष  राजु अधिकारीले वडाबासी लाइ लकडाउन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेका छन । लकडाउनमा  सर्वसाधारणको हेलचेक्य्राइँ बढेको भन्दै सबैलाई  लक डाउनको पूर्ण पालना गरि घरमा सुरक्षित रहन आग्रह गरेका हुन्  ।

उनले अहिले अरु बेला भन्दा फरक अवस्था रहेको भन्दै  मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट  मन्दिर दर्शन जस्ता  काम पनि नगर्न पनि अनुरोध गरेका छन । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ’फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने  भएकोले त्यसो नगर्न पनि अनुरोध गरेका छन ।

उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ भित्र लक डाउन भंग हुने गरि मानिसहरु अनियमित तरिकाले हिडडुल गर्नाले संक्रमणको भयावह स्थिति हुन सक्ने हुँदा सो बिषयमा  वडा कार्यालयको ध्यानाकर्षण भएको जानकारी गराए ।उनले  बिश्वब्यापी आपतकालीन अवस्थालाई मध्यनजर गरि वडा भित्र मार्निंग वाक इभिनिंग वाक लगायत अनावश्यक हिडडुल नगर्नु र नगराउनको लागि उनले अनुरोध गरेका छन।

साथै उनले यस विषम परिस्थितिमा  संयमित रहन पनि आग्रह गर्दै कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम  राख्नुपर्नेमा जोड दिएका छन । उनले वडा नं ११ मा बिहान र बेलुका मर्निङ वाक र इभिनिङ वाक गर्नको लागि धेरै मानिसको भिड भाड हुदै आएको जन  गुनासो बढेको हुँदा आम वडा बासीलाई अहिलेको कठिन परिस्थितिलाइ बुझी मार्निंग वाक र इभिनिङ वाकलाइ रोकी घरमै बसी  सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।