बागमती प्रदेसका १२ स्थानिय तह प्रमुखहरु संग मुख्यमन्त्री डोरमणि पौडेलको संवाद

बागमती प्रदेसका १२ स्थानिय तह प्रमुखहरु संग मुख्यमन्त्री डोरमणि पौडेलको संवाद

कपन अनलाइन 

हेटौंडा,  बैशाख ४।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन ।

बुधबार  मुख्यमन्त्री पौडेलले चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको भोटेकोशी गाउँपालिकाका प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कुराकानी गरेका हुन्  ।
मुख्यमन्त्री पौडेलले  माहामारी नियन्त्रणका लागि सरकारले आब्हान गरेको लकडाउनका कारण उत्पादन कार्य गर्न समस्या भए स्थानिय तहलाई सहजीकरण गर्न आग्रह गरेका थिए ।
यसैगरी मुख्यमन्त्री पौडेलले लकडाउनको अवधिमा किसानहरुलाई चाहिने मल, बिउबिजन उपलब्ध गराउने बताउदै  कोरोना विरुद्ध मापदण्ड अनुसार दुरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने धारणा राखेका थिए ।

पौडेलले लकडाउनका कारण अप्ठ्यारोमा परेका परिवारलाई राहत वितरण गर्ने काममा अनावश्यक प्रतिस्पर्धा देखिएको भन्दै त्यसले विकृति निम्त्याउन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै लकडाउन शुरु भएको पर्सिपल्टबाटै बाड्न थाल्नु र त्यसमा समेत अनावश्यक प्रतिस्पर्धा देखिनु राम्रो संकेत नभएको उल्लेख गरेका थिए  ।
कोरोनाको माहामारी फैलन नदिन लकडाउन बाहेक कुनैपनि विकल्प नभएकोले भावनामा बगेर यस बाहेको अन्य विकल्प खोज्न तिर लाग्नु नहुने भएकोले कोरोनालाई नेपालमा माहामारीको रुपमा आउन नदिन निर्मम भएर लकडाउनको कार्यान्वयन गरिनुपर्ने उनको भनाई थियो।

पौडेलले मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख , चितवनको रत्ननगर नगरपालिका प्रमुख, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख , धादिङको धुनीवेशी नगरपालिकाका प्रमुख र दोलखाको भिमेश्वर नगरपालिका प्रमुखसंग पनि  कुराकानी गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।