टोखा नगरपालिकाको स्वास्थ्यकर्मीहरु संग छलफल ,विशेष मेडिकल टिम गठन

टोखा नगरपालिकाको स्वास्थ्यकर्मीहरु संग छलफल ,विशेष मेडिकल टिम गठन

कपन अनलाइन

काठमाडौं ,बैशाख ३।

टोखा नगरपालिकाले कोरोना (कोभिड -१९ ) प्रकोप तथा नियन्त्रणमा सक्रिय रहेका स्वास्थ्यकर्मीहरु संग छलफल गरेको छ। प्रकोप नियन्त्रणको प्रथम मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुको अवस्था र उनीहरुका समस्याहरुका वारेमा छलफल भएको बैठकको अध्यक्षता नगर प्रमुख प्रकास अधिकारीले गरेका थिए।

बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , उप प्रमुख ज्ञानमाया डंगोल .प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल ,स्वास्थ्य शाखा प्रमुख रणलाल ,कुलाल सहित विभिन्न स्वास्थ्य केन्द्र तथा संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको बैठकले विभिन्न निर्णय गरेको छ।

उक्त बैठकले टोखा नगरपालिकामा टोखा प्राथमिक  स्वास्थ्य केन्द्रका मेडिकल आफिसरको नेतृत्वमा प्यारामेडिक्स  र नर्सिङ  क्षेत्रका प्रतिनिधि सहितको मेडिकल टिम गठन गर्ने निर्णय गरेको छ भने नगरपालिका भित्र RDT परिक्षण गरिएका व्यक्तिहरुको ज्वरो नियमित जांच गरेर अभिलेख राख्ने निर्णय पनि गरेको छ।

त्यस्तै उक्त बैठकले वडाहरुमा विदेस बाट  आएकाहरुको खोजि गर्न र सचेतनाका लागि विभिन्न कार्यक्रम गर्न स्वयंसेवक परिचालन गर्ने निर्णय गर्नुका साथै विषम परिस्थितिमा सक्रियतापुर्वक काम गरेका स्वास्थ्यकर्मीहरुलाई विशेष प्रोत्सहान प्रदान गर्ने निर्णय गरेको छ।

नगरपालिकामा विदेस बाट आएका नागरिकको RDT   ४१ जनाको परिक्षण  गरिएको तर नगरपालिकाको पटक पटक को सुचना तथा अनुरोधलाई बेवास्ता गरि केहि नागरिक लुकेर बसेको सुचना आएकोले त्यस्ता नागरिकको तुरुन्त परिक्षण गर्ने निर्णय उक्त बैठकले गरेको छ।

साथै नगरपालिको अनुरोध अटेर गरेर कोहि नगरवासीले सुचना लुकाएको पाइएमा खतरा हुने तर्फ सचेत हुन् पनि नगरपालिकाको उक्त बैठकले निर्णय गरेको छ।

तपाइँको प्रतिक्रिया ।