फ्रेश हुने बहानामा घर बाहिर ननिस्किन र जमघट नगर्न वडा अध्यक्ष राजिब थापाको अनुरोध

फ्रेश हुने बहानामा घर बाहिर ननिस्किन र जमघट नगर्न वडा अध्यक्ष राजिब थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं बैशाख ३।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले वडाबासी लाइ लकडाउन पूर्ण रुपमा पालना गर्न अनुरोध गरेका छन । । लकडाउनमा  सर्वसाधारणको हेलचेक्य्राइँ बढेको भन्दै सबैलाई  लक डाउनको पूर्ण पालना गरि घरमा सुरक्षित रहन आग्रह गरेका हुन्  ।

उनले अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै  मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट जस्ता काम पनि नगर्न पनि अनुरोध गरेका छन । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ’फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्ने  भएकोले त्यसो नगर्न पनि अनुरोध गरेका छन ।

उनले अहिले को अवस्था निश्चित समयमा खुल्ने र बन्द हुने  राजनैतिक दलको बन्द जस्तो नभएको हुँदा प्रहरीहरु सँग लुकामारी पनि नखेल्दिन  अनुरोध गर्दै उनले भने  “स्थानिय जनप्रतिनिधहरु र प्रहरीहरुसँगको लुकामारी त जितिएला तर  भोली  सानो असावधानीले आफ्नै परिवार र आफुले नै हार व्यहोर्नु पर्ने हुँदा समयमै सचेत बनि लक डाउनको  पूर्ण रुपमा पालना गरौ ”  ।

लकडाउनका बेला सुरक्षाकर्मीलाई ढाँटेर वा छलेर हिँडडुल नगर्न र संयमित रहन पनि आग्रह गर्दै कठिन परिस्थितिमा सबैले अनुशासनको पालना र धैर्यता कायम  राख्नुपर्नेमा जोड दिएका छन । उनले वडा नं ९ मा बिहान र बेलुका मर्निङ वाक र इभिनिङ वाक गर्नको लागि धेरै मानिसको भिड भाड हुदै आएको जन  गुनासो बढेको हुँदा आम वडा बासीलाई अहिलेको कठिन परिस्थितिलाइ बुझी मार्निंग वाक र इभिनिङ वाकलाइ रोकी घरमै बसी  सहयोग गर्न पनि अनुरोध गरेका छन् । साथै उनले वडा भित्र संचालनमा रहेका बिभिन्न व्यवासयहरु निश्चित समयमा खोलि सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गरि सहयोग गर्नको लागि पनि अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।