गोकर्णेश्वर ३ मा अनावश्यक रुपमा बाहिर ननिस्किन र निश्चित समयमा मात्र व्यवसाय संचालन गर्न वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अनुरोध
कपन अनलाइन
काठमाडौं बैशाख ३। गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले वडा बासीलाई विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।
सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र वडामा अनावश्यक रुपमा भिड बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै वडाले लक डाउनलाइ पूर्ण रुपमा पालना गर्न वडा बासीलाई अनुरोध गरेका हुन्। उनले सरकारको निर्देशनलाइ अवज्ञा गरी केहि ब्यक्तिहरु दैनिक मर्निङ वाक इभिनिङ वाकका नाममा अनावश्यक रुपमा हिड्डुल गर्ने गरेको र वडामा संचालित खाद्यान्न लगायतका व्यवसाय पनि सरकार बाट निर्देशीत समयको अवज्ञा गरि जथाभाबी संचालन भएको जानकारी प्राप्त भएको हुँदा त्यसरी अनावश्यक रुपमा अनावश्यक काम बाहेक बाहिर जथाभावी निस्की हिडडुल नगर्न समेत अनुरोध गरेका छन् ।
उनले वडा भित्र कुनै पनि व्यवसाय आजका मिति बाट बिहान ६ बजे देखि बिहान ८ बजे सम्म र बेलुकी ४ बजे देखि ६ बजे सम्म मात्र खोलि सुरक्षित तवरले आफ्नो व्यवसाय गरि दिनको लागि पनि उनले अनुरोध गरेका छन। अन्यथा नियमानुसार कारवाही प्रक्रिया अगाडी बढाइने पनि जानकारी गराएका छन ।उनले सुरक्षित समाज निर्माणको लागि सबैले लकडाउनको पूर्ण पालना गर्न पनि अनुरोध गरेका छन ।