कागेश्वरी मनोहरा नगरपालिकाको प्रेस बिज्ञप्ति

कागेश्वरी मनोहरा नगरपालिकाको  प्रेस बिज्ञप्ति

कपन अनलाइन

काठमाडौं बैशाख ३ कागेश्वरी मनोहरा नगरपालिकाले प्रेस बिज्ञप्ति जारि गरेको छ ।नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष समेत रहेका राजाराम पुडासैनी द्वारा हस्ताक्षरित उक्त प्रेस बिज्ञप्ति मार्फत  अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोभिड १९ महामारी बाट हाम्रो देश र कागेश्वरी  मनोहरा नगरपालिका पनि प्रभवितभएको जानकारी गराउदै यो महामारीको नियन्त्रणको लागि नेपाल सरकारले निर्देशन गरेका सुरक्षात्मक उपाय आवलम्बन गर्न नगरको तर्फ बाट आम नगर बासीलाई सचेत गराउदै आएको बताइएको छ ।

तर पनि बिहान र बेलुकाको समयमा नगरका बिभिन्न चोक र बजार क्षेत्रमा अनावश्यक जमघट भएको गुनासो आएको हुँदा अत्यावश्यक काममा बाहेक घर बाट कोही पनि बाहिर ननिस्कन र निस्कनु पर्दा सुरक्षात्मक साधनहरु पर्योग गर्न पनि अनुरोध गरिएको बिज्ञप्तिमा भनिएको छ ।यस समयमा नगरपालिकाले स्थानीय संघ सस्था ,चन्दादाताहरु बाट प्राप्त नगद सहयोग समेत लिई दैनिक ज्यालादारी गरि अर्काको घरमा भाडामा बसी जीवनयापन गर्ने असंगठित क्षेत्रका मजदुर र अत्यन्तै बिपन्न परिवारलाई केगी दिनलाई आवश्यक पर्ने राहत वडा नं १ देखि ९ सम्म नै वितरण गरि सकेको र पुन: लकडाउनको समय थपिएको हुँदा यस थपिएको अवस्थामा के कसरी प्रभावित ब्यक्तिलाइ राहत उपलब्ध गराउन सकिन्छ यस बिषयमा आवश्यक निर्णय गरि कार्यान्वयन यथाशिघ्र गरिने हुँदा सुरक्षित रुपमा आ-आफ्नै स्थानमा रहन अनुरोध गरिएको छ ।

साथै नगरभित्र २०७६ साल चैत्र महिना यता विदेश बाट आइ नगरपालिका संग सम्पर्कमा रहेका ८६ जना ब्यक्तिहरुको RDT गर्दा ३ जनामा मात्र पोजेटिभ अन्य ८३ जनाको नेगेटिभ देखिएको र RDT पोजेटिभ देखिएको ३ जनाको PCR गर्दा २ जनामा पोजेटिभ र १ जनामा नेगेटिभ  देखिएको हुँदा हाल उहाहरुको  पाटन  अस्पतालमा उपचारभइरहेको जानकारी गराएको छ ।

पोजेटिभ देखिएका ब्यक्ति बसोबास गरि आउनुभएका सनसिटि अपार्टमेन्टलाइ सिल गरि सो स्थानमा बसोबास गर्ने सबै परिवारको स्वास्थ्य चेक २०७७ साल बैशाख  ३ गते बाट शुरु भइ सकेको हुँदा थप संक्रमण नफैलियोस भन्ने उदेश्यले अन्य आवश्यक सुरक्षात्मक प्रयास भइरहेको हुँदा नगरबासी सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ। साथै नगरका बिभिन्न सडकमा सवारी साधनलाइ अवरोध पुर्याउने गरि बाटो बन्द गर्ने कार्य भएको देखिदा, आपतकालीन अवस्थामा प्रयोग हुने सवारी संचालनमा समस्या पर्ने हुँदा त्यसरी बाटो अवरोध खडा नगरिदिन समेत बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।