गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, बैशाख ३ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले आम वडा बासीलाई सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्ष मनोज ढुंगाना द्वारा हस्ताक्षरित उक्त सुचनामा नेपाल सरकारले पूर्ण रुपमा लक डाउन गर्ने बिर्देशन अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित बसोबास गर्ने वडाबासीहरुलाई दैनिक चाहिने उपभोग्य बस्तु हरुको आवश्यकतालाइ माध्यनजर गर्दै वडा समितिको निर्णयअनुसार वडामा रहेका खाध्य पसल तरकारी पसल, फलफुल पसल, मासु पसलहरु बिहान ६ बजे देखि बिहान ९ बजे सम खोल्न को लागि वडा कार्यलयको निर्देशन तथा अनुरोध गरेको छ ।अन्यथा कानुन बमोजिम कारवाही गरिने जानकारी गराएको छ ।त्यस्तै आफुलाई चाहिने उपभोग्य बस्तु लिन जाँदा अनिवार्य ३ फिटको सामाजिक दुरी कायम गर्न अनुरोध गरिएको छ भने प्रत्येक पसलको अगाडी साबुन पानीको व्यवस्था गर्न पनि अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।