सनसिटीमा संक्रमण देखिएका २ जना काठमाडौं –५ आएको सूचना संगै ३९ जनाको र्‍यापिड टेस्ट

सनसिटीमा संक्रमण देखिएका २ जना काठमाडौं –५ आएको सूचना संगै ३९ जनाको र्‍यापिड टेस्ट

कपन अनलाइन

काठमाडौं ,बैशाख ३ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका २ जना काठमाडौं महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारी सँगै त्यहाँका ३९ जनाको र्‍यापिड टेस्ट गरिएको  छ ।

अपार्टमेन्टमा रहेका २ संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्‍यापिड टेस्ट गरिएको थियो  ।

वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले पनि उनीहरू चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उनीहरूको काम सम्पन्न गरेर पठाएको जानकारी दिए ।

चैत ९ गते १२ बजेतिर वडामा दुवै जना आएको र  उनीहरूको काम गरेर चिया खुवाएर पठाएको बताउदै डंगोलले पछि उहाँहरूमा कोरोना पोजेटिभ देखियो भनेपछि  जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्‍यापिड टेस्ट गरेको र  सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन  ।

काठमाडौं क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी  दिदै  उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको सूचना सार्वजनिक गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।