बुढानिलकण्ठ नगरपालिकामा कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु

बुढानिलकण्ठ नगरपालिकामा कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु

कपन अनलाइन

काठमाडौं बैशाख ३ ।बुढानिलकण्ठ  नगरपालिकामा विदेश बाट आइ   होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण  मंगलबार बाटशुरु गरिएको छ। र्यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्फरमेसन लागि स्वाब पीसीआरमा पठाउने  नगरपालिका तयारी गरेको छ। नगरपालिकामा रहेका विभिन्न स्वास्थ्य चौक्कीमा उक्त परिक्षणको काम भइरहेको छ।

 बूढानीलकण्ठ नगरपालिकाको बिभिन्न  वडाहरुबाट लिइएको तथ्याङ्क अनुरुप करिव ९८ जना विदेशबाट फर्किएका व्यक्तिहरुको परिक्षण गर्न लागिएको  बूढानिलकण्ठ नगरपालिका स्वास्थ्य प्रमुख कुमार दाहालले  जानकारी दिएका छन्।

पहिलो चरणको परिक्षणमा विदेशबाट आएका मात्रै नभई लक् डाउन लगत्तै रौतहटबाट आएका ८ जनालाई पनि मंगलबार  परिक्षण गरिएको  छ ,जसको नतिजा नेगेटिब  आएको स्वास्थ्य प्रमुखले बताए । उनले  बाँकी विदेशबाट आएका  मानिसहरुको परिक्षण केहि दिनमा सकिने जानकारी दिए  । उनले हाल सम्म परिक्षण गरिएकाहरुमा  मध्ये कसैको पनि  पोजेटिभ  नभेटिएको पनि जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।