मृत्य संस्कारमा जाने बाहेक अन्यलाइ सवारी पास बन्द

मृत्य संस्कारमा जाने  बाहेक अन्यलाइ सवारी पास बन्द

कपन अनलाइन

काठमाडौं,वैशाख ३। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने ब्यक्तिहरु बाहेक अन्यलाई सवारी पास बन्द गरेको सुचना मार्फत जानकारी गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल द्वारा जारि गरेको उक्त सुचना मार्फत जिल्ला प्रशासन कार्यलय बाट वितरण हुदै आएको सवारी  पासको माग अत्याधिक बढ्नुको साथै भीडभाड हुन गइ लक डाउन समेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आज मिति २०७७ बैशाख ३ गते देखि आफ्नो परिवारको सद्स्यको मृत्यु संस्कारमा जाने ब्यक्तिहरु बाहेक अन्य प्रयोजनको लागि सवारी पास जारि नहुने व्यहोरा जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।