बुढानिलकण्ठ नगरपालिका वडा नं ७ छहारी भवनमा विपन्न परिवारलाई निशुल्क भोजन गराइने

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ छहारी भवनमा विपन्न परिवारलाई निशुल्क भोजन गराइने

कपन अनलाइन 

काठमाडौं ,बैशाख ३।

बुढानिलकण्ठ नगरपालिका  वडा नं ७ मा रहेको छहारी भवनले बैशाख ४ गते देखि विपन्न तथा गरिव परिवारलाई निशुल्क भोजन गराउने भएको छ।

लकडाउनको अवधिभर बेलुका ४ बजे देखि ६ बजे सम्म उक्त भवनमा निशुल्क भोजनको व्यवस्था मिलाइएको जानकारी दिइएको छ।बुढानिलकण्ठ नगरपालिकाका सो क्षेत्रका विपन्न तथा गरिव परिवारका सदस्यहरुले आफ्नो सम्बन्धित वडामा नाम टिपाउन सक्नेछन।

सामाजिक दुरी कायम गर्दै सुरक्षा विधि अपनाउदै सो भवनमा निशुल्क भोजनको व्यवस्था गरिने र अन्य आवस्यक अवस्था परेमा क्वारेन्टाइनको पनि व्यवस्था गरिएको जानकारी दिइएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।