नगरपालिकाको कोषमा कल्याणकारी स्वयंसेवक संघ नेपाल बुढानिलकण्ठको सहयोग

नगरपालिकाको कोषमा कल्याणकारी स्वयंसेवक संघ नेपाल बुढानिलकण्ठको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ३।

कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN) बुढानिलकण्ठले नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ ।कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामांगको उपस्थितिमा बुढानिलकण्ठका अध्यक्ष गणेश मिश्रले ४३ हजार २ सय ३० रुपैया हस्तान्तरण गरेका थिए।

कल्याणकारी स्वयंसेवक संघ नेपाल (WVAN) बुढानिलकण्ठले नगरपालिकाका विभिन्न वडाहरुमा ४२ परिवारलाई ९६ हजार ३ सय ९० रुपैया वरावरको राहत वितरण गरेको अध्यक्ष मिश्रले जानकारी दिदै उक्त नगद सहयोग हस्तान्तरण गरेका थिए।

उक्त अवसरमा संघका केन्द्र ,प्रदेस तथा नगर समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।