गोकर्णेश्वर नगरपालिकामा कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु

गोकर्णेश्वर नगरपालिकामा कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु

कपन अनलाइन

काठमाडौं बैशाख ३। गोकर्णेश्वर नगरपालिकामा विदेश बाट आइ   होम क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ।

 र्यापिड किटमार्फत गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट देखिए कन्फरमेसन लागि स्वाब पीसीआरमा पठाउने  नगरपालिका तयारी गरेको छ। गोकर्णेश्वर नगरपालिकामा विदेश बाट आएका ५६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्न  लागिएको गोकर्णेश्वर नगरपालिकाका जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्याय ले बताए। उनका अनुसार गोकर्णेश्वर नगरपालिकाको  गोकर्ण प्राथमिक अस्पताल नया पाटी स्वास्थ्य चौकी र अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिन लागेको पनि जानकारी गराए।उक्त टेस्टमा १० जना महिला र १४ जना पुरुष गरि जम्मा २४ जनाको टेस्ट गरिएकोमा सबै टेस्टको नतिजा समेत  नेगेटिभ आएको  बताए  ।

शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने र्यापिड टेस्टले तत्काल परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्न सजिलो हुने पनि उनले बताए । उक्त परिक्षण शुभारम्भ कार्यक्रमका गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्ण प्राथमिक अस्पतालका प्रमुख डा.सृजना पाण्डेय डा सुवास प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

सरकारले ‘र्यापिड टेष्ट’ विधिबाट क्वरेन्टीनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण सुरु  गर्न लागिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए। उनले  गोकर्णेश्वर नगरपालिकाकाबिभिन्न वडामा    विदेश बाट आइ  होम क्वारेन्टीनमा रहेका हरुको परिक्षण गर्न लागिएको जानकारी गराए ।

फोटो: सरोज बस्नेत

 

 

तपाइँको प्रतिक्रिया ।