बुढानिलकण्ठ नगरपालिकाको कोषमा सेवा निवृत राष्ट्रसेवक संघ नेपालको सहयोग

बुढानिलकण्ठ नगरपालिकाको कोषमा सेवा निवृत राष्ट्रसेवक संघ नेपालको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ३।

सेवा निवृत राष्ट्रसेवक संघ नेपाल  जिल्ला कार्यसमिति काठमाडौंले बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ।

संघका अध्यक्ष रवी प्रसाद पौडेलले व्यक्तिगत  १५ हजार ५ सय ५६ र संघका तर्फ बाट १५ हजार ५ गरि जम्मा ३० हजार ६ सय ६१ नगर प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरिएको थियो।

संघको चैत २७ गते बसेको बैठकको निर्णय अनुसार विषम परिस्थितिमा प्रकोप नियन्त्रण र रोकथामका लागि आफ्नो संस्थाले सहयोग गरेको अध्यक्ष पौडेलले बताएका थिए ।

रकम ग्रहण गर्दै नगर प्रमुख खरेलले सहयोगका लागि धन्यवाद दिदै यस्तो समयमा पुर्याएको योगदानको महत्व निकै रहने भएकोले सबै नगरवासीमा सहयोगको आग्रह गरेका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।