डा.प्रकाश पोखरेल द्वारा लव प्रसाद बाल गृह सुन्दरीजल लाइ खाद्यान्न सहयोग

डा.प्रकाश पोखरेल द्वारा लव प्रसाद बाल गृह सुन्दरीजल लाइ खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २। गोकर्णेश्वर  नगरपालिका वडा नं १ सुन्दरीजलमा रहेको अनाथ असाहय तथा पिछडिएका बालबालिकाहरुको लागि संचालित लब प्रसाद बाल गृह लाइ डा. प्रकाश पोखरेलले खाद्यान्न सहयोग गर्नुको साथै सस्थामा रहेका बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरेका छन । नया बर्षको अवसर पारेर उनले सहयोग गरेका हुन् ।

कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्ति तथा संस्थालाई  सहज होस् लक डाउनका कारण खाद्यान्नको अभाब भइ सामाजिक संस्थामा  आश्रित ब्यक्तिहरुलाइ समस्या नआओस भनेर सहयोग गरेको बताए।

 उनले ब्यक्तिगत  रुपमा २५ केजी चालम ५ किलो दाल  ४  प्याकेट तेल ,साबुन लगायतको सामग्री संस्थामा नै पुगी हस्तान्तरण गरेका हुन्। उनले सो संस्थामा आश्रित बालबालिकाहरुलाई निशुल्  प्रत्येक महिना स्वास्थ्या परिक्षण पनि गर्ने जानकारी गराए  हाल सो सस्थामा २३ जना बालबालिकाहरुले आश्रय लिइरहेका छन् ।

 उनले लक् डाउन अवधिभर गोकर्णेश्वर नगरपालिकाको बिकट क्षेत्र ओख्रेनी ,मूल खर्क जस्ता ठाउका स्थानीयलाई कुनै स्वस्थ्य समस्या आइपरेमा निशुल्क परामर्श तथा निशुल्क स्वास्थ्य परिक्षण गर्ने घोषणा समेत गरेका  थिए। जसमा धेरैले उनलाई फोन मार्फत स्वास्थ्या समस्याको बारेमा जानकरी गराइरहेको र कति पय अवस्थामा आफै पुगेर स्वास्थ्य परिक्षण समेत गरेको बताए ।

स्वास्थ सम्बन्धी कुनै समस्या पर्न गएमा वा सल्लाह सुझाव लिन परेमा फोनबाटै परामर्श लिन सकिने  र अति आवश्यक भएमा वा घरमै गई उपचार गर्न पर्ने भएमा वडा अध्यक्ष ज्यू संग समन्वय गरी घरमै आई स्वास्थ सेवा प्रदान गर्ने पुन बताए । साथै साबिक नयॉंपाटी गाबिस गोकर्णेश्वर नगरपालिका   २ मा एवं क्षेत्र नं ३ भरि सो  सेवा उपलब्ध हुने बताएका छन ।उनलाइ ९८५१०५४४८५मा सम्पर्क गर्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।