गोकर्णेश्वर युवा उपकार क्लबको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लबको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं बैशाख २ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको आयोजना तथा लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ को सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रेडक्रस सोसाईटी भक्तपुरको प्राबिधिक सहयोगमा गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म चलेको सो रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।जारी लकडाउनका कारण रगतको अभाव भैरहेका अवस्थामा यसको अभावलाई पूर्ति गर्न उक्त  रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।गोकर्णेश्वर युवा उपकार क्लबले बिभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ र सो क्लब गोकर्ण क्षेत्रको पुरानो सक्रिय क्लब हो ।

बैशाख १ गते नया बर्षको अवसर पारेर गोकर्णेश्वर युवा उपकर  क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले कपन अनलाइन लाइ बताए ।उनले कोरोना (covid 19) को कारण विश्वलाई जटिल बनाएको छ।.त्यसको जटिल असर अन्य रोग संग लडिरहेका बिरामीहरुमा पर्न थालेको छ।त्यसको मुख्य कारण हो, रगत बैंकमा रगतको अभाव। अहिले लागु गरिएको ‘lockdown’ को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ । त्यहि  लकडाउन सँगै रगको अभाव भएको अवस्थामा मानवीय सहयोगलाई दृष्टिगत गर्दै क्लबले  रक्तदान कार्यक्रम आयोजना गरेको र त्यसलाई लायन्स क्लब डिस्ट्रिक ३२५ ए१को पनि सहयोग रहेको बताए।

उनले लक डाउनको बेला खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न जोखिम रहे पनि सामाजिक दुरी कायम गरि  रक्तदान गरि कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै नया वर्ष २०७७ को क्लब परिवारको तर्फ बाट मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल, लायन इन्दु भेटुवाल,फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ, चिफ ए ओ जी लायन कर्मा गुरुङ, लायन धर्म शरण श्रेष्ठ,जोन चियर पर्सन लायन अच्युत बिष्ट, लायन उमेश ढुंगाना लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी राजन लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन  पूर्ण तामाङ लायन्स क्लब अफ काठमाडौं बागमती नर्थका लायन्स सदस्यहरु तथा गोकर्णेश्वर युवा उपकार क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले लायन्स क्लबले सामाजिक संघ संस्थाहरु  संग को समन्वय  तथा लायन्स सदस्यहरुको  सहभागितामा लक डाउनको समयमा पनि सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम गर्दै आएको बताए। जसको कारण अस्पतालमा उपचारत विरामीहरुका लागि आवश्यक रगत जोह गर्न सकि रहेको बताए ।त्यस्तै उनले हालको लक डाउनको कारण कोहि पनि भोकै हुन नपरोस भनेर लायन्स ले स्थापना गरेको फुड बैंक मार्फत खाद्यान्न पनि सहयोग गर्दै आएको बताए   ।  उनले पनि नया वर्ष २०७७को डिस्ट्रिक को तर्फ बाट सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।