गोकर्णेश्वर ८ अत्तरखेलमा छुटेकाहरुलाई राहत वितरण कार्यमा सहयोगी भूमिका खेल्दै अत्तरखेल युवा समाज

गोकर्णेश्वर ८ अत्तरखेलमा छुटेकाहरुलाई राहत वितरण कार्यमा सहयोगी भूमिका खेल्दै अत्तरखेल युवा समाज

कपन अनलाइन

काठमाडौं बैशाख २ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको नीतिमा रहेर वडा कार्यलयले राहत लिन छुटेका ब्यक्तिहरुलाई राहत वितरण गरेको छ। सो कार्यमा अत्तरखेल युवा समाजले सहयोगी भूमिका खेलेको थियो।

गोकर्णेश्वर  नगरपालिकावडा नं ८ मा रहेको अत्तरखेल युवा समाजले सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्नको लागि गरेको लक डाउन बाट प्रभावित हुने न्यून आय भएका दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका मजदुरहरुलाई  वडा बाट वितरण गरिने राहत संकलन कार्यमा सहयोगी भूमिका खेल्दै आएका हुन् ।  उनीहरुले फारम वितरण संकलनको लागि घर घरमा पुगेर राहत संकलनको कार्यमा सहयोग पुराएका छन भने राहत वितरणको लागि पनि स्वयम् सेवकको रुपमा कार्य गर्दै आएका छन ।

उनीहरुले त्यसो गर्दै गर्दा कोहि  ब्यक्ति भोको हुन नपरोस भनेर  खुल्ला भान्छा अवधारणा अनुरुप आफै गएर   पकाई खानु पर्ने व्यवस्था समेत गरेको अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले बताए ।उनले त्यसमा रहेको खाद्यान्न समेत राहत वितरणको लागि सहज होस् भनेर वडालाइ सहयोग गरेको बताए ।

 उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ बाट  राहत वितरण गर्न छुटेका ३२ परिवारलाइ सोमबार वडा अध्यक्ष मनोज कुमार ढुंगाना वडा सदस्य एबम जिल्ला समन्वय समिति काठमाडौंकी  सदस्य सानान्नी लामा, वडा सदस्य नन्दलाल श्रेष्ठ, वडा सदस्य सोबिता मिजार, वडा सदस्य डम्बर श्रेष्ठ ,वडा सचिब सुदिप हमाल लगायतको उपस्थितिमा अत्तरखेल स्थित  सामुदायिक भवनमा सामाजिक दुरी कायम गर्दै  राहत वितरण गरिएको बताए।  त्यस्तै अत्तरखेल सामुदायिक सेवा केन्द्र विपद व्यवस्थापन कोष बाट  पनि राहत वितरणमा सहयोग पुगोस भनेर आर्थिक सहयोग समेत गरेको छ  ।

उनीहरुले स्थानीय स्तरमा कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई पालना गर्न सबैलाई अनुरोध गरेका छन्। उनीहरुले सबैलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि लकडाउनको पूर्ण पालना गर्दै एक आपसमा सहयोगी भावना राखी विपदमा संयम अपनाउन पनि सबैलाई अनुरोध गरेका छन।

फोटो :दुर्गा श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।