नगरपालिकाको कोषमा चन्द्रागिरी व्याडमिन्टन क्लवको १ लाख ३ हजार ६ सय ६ सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत ३०।
कोरोना भाइरस काेभिड १९ले विश्व महबिश्वकाे रूपममा फैलिरहेकाे अवस्थामा चन्द्रागिरि व्याडमिन्टन क्लव चन्द्रागिरि नगरपालिकालाई आर्थिक सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।
क्लवका सल्लाहकार रामनारायण घिमिरे र निवर्तमान अध्यक्ष राजकुमार घिमिरेकाे संयाेजकत्वमा संस्थाका सदस्यवाट संकलित रकम व्याटमिन्टन कल्वका अध्यक्ष कृष्ण घिमिरेले नगरपालिका मेयर घनश्याम गिरीलाई हस्तान्तरण गरेका हुन्।
चन्द्रागिरि व्याटमिन्टन कल्वका संरक्षक तथा समाज सेवी देवेन्द्र प्रदानले कल्वका तर्फवाट संकलित १ लाख ३हजार ६ सय ६ रूपयाँ नगरपालिकाे काेषलाई हस्तान्तरण गरिएकाे बताए । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बिश्व महामारीकाे रूपमा फैलिएकाे नाेभल काेराेनाका कारण नेपालमा लकडाउनका साथै विभिन्न समस्या समाधान गर्न र विपत्तिमा परेकाहरूका लागि उक्त रकमहरू अावश्यक स्थानमा पार्दशि रूपमन खर्च गरिने बताए ।
नगर प्रमुख गिरीले यसरी संघ संस्थावाट सहयाेगले अाहतकाे बेलमा राहत हुने उनकाे भनाई छ । चन्द्रागिरि नगपालिका प्रबक्ता हरिभक्त महर्जनले स्थानीय सरकारले स्थापना गरेको राहत कोषमा सवैले आफ्नो स्थानवाट हातेमालाे गर्न पनि अनुराेध गरेका थिए ।
चन्द्रागिरि नगरपालिकाले स्थानिय विपद् व्यवस्थापन काेष मार्फत सहयाेग गर्न नेपाल बैंक लिकाे खाता नम्बर १४३००१०६२९३६६५०००००१ मा सहयाेग गर्न चाहानेलाई सहयाेग गर्न पनि अनुराेध गरेकाे छ ।