गोकर्णेश्वर युवा उपकार क्लबले आकस्मिक रक्तदान कार्यक्रम गर्ने

गोकर्णेश्वर युवा उपकार क्लबले आकस्मिक रक्तदान कार्यक्रम गर्ने

 

कपन अनलाइन

काठमाडौँ,चैत्र ३० ।

गोकर्णेश्वर वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आकस्मिक रक्तदान कार्यक्रम  गर्ने भएको छ ।

रक्तसंचार भक्तपुरको प्राबिधिक सहयोगमा नया बर्षको उपलक्ष्य एबम विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बाट सुरक्षित रही साबधानी पुर्वक संक्रमण फैलन नदिई सर्वसाधारणको जिउधनको सुरक्षाका लागि नेपाल सरकारले देश भर पूर्ण रुपमा लक डाउन भएको अवस्थामा रगतको अभाब लाइ मध्यनजर गर्दै बैशाख १ गते बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म गोकर्णेश्वर महादेव मन्दिर परिसरमा रक्तदान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी गराएका छन ।

उनले लकडाउनका कारण देशभर रगतको अभाव भएको जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका खबरहरु बिभिन्न संचार माध्यममा सुनिएको बताउदै उक्त रगत अभाबलाइ केहि भए पनि पूर्ति गर्न सहयोग होस् भनेर कार्यक्रम आयोजना गर्न लागेको पनि बताए उनले उक्त कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिन पनि अनुरोध गरेका छन् ।

उनले थप जानकारीको लागि ९८४१४८२६१० मा सम्पर्क गर्न सक्ने पनी जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।