टोखा नगरपालिकाको कोषमा टोखा भगवती सहकारीको २० हजार सहयोग

टोखा नगरपालिकाको कोषमा टोखा भगवती सहकारीको २० हजार सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत ३० ।

टोखा नगरपालिका वडा नं २ मा संचालित  टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले टोखा नगरपालिकाको विपद कोषमा २० हजार रुपैंयाँ सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष लक्ष्मी नारायण डंगोलले  २० हजार रुपैंयाँको चेक टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई हस्तान्तरण गरेका थिए  ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेकोमा सहकारीका अध्यक्ष डंगोल लगायत सहकारी परिवारलाई धन्यवाद दिएका छिन।
सो अवसरमा नगर उपप्रमुख डंगोलले नगरपालिकामा क्रियाशिल अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी वडा सदस्य हेराकाजी डंगोल , सहकारीका कोषाध्यक्ष सुबिन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।