समाजसेवी दुर्गा बहादुर खत्री (काजी केसी ) को चम्पादेवी गाउँपालिकालाई १ लाख सहयोग

समाजसेवी दुर्गा बहादुर खत्री (काजी केसी ) को चम्पादेवी गाउँपालिकालाई १ लाख सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत ३०
 बुढानिलकण्ठ नगरपालिका वडा नं -१२  का समाजसेवी दुर्गा बहादुर खत्री (काजि केसी ) ले आफ्नो जन्मभूमि चम्पादेवी  गाउँपालिका  ओखलढुंगालाई एक लाख वरावरको सहयोग गरेका छन
ओखलढुंगा चम्पादेवी ७ फुलबारी जौखोरिया  स्थायी ठेगाना भएका केसीले  आफू शारीरिक अस्वस्थ रहेर  कलेजो प्रत्यारोपण गरेको ३ वर्ष पछी मृगौला प्रत्यारोपण गरेर पनि  बाचेको स्मरण गर्दै  जन्मभुमि प्रतिको सम्मान प्रकट गर्न  उक्त सहयोग गरेको बताएका छन। 
त्यस्तै केसीले यस्तो विषम र अफ्ट्यारो परिस्थितिमा सबैले आफुले सकेको सहयोग गरेर जन्मभूमि प्रतिको कर्तव्य पुरा गर्नका लागि अनुरोध पनि गरेका छन। 
केसी दम्पत्तिले उक्त सहयोग गाउँपालिकाका प्रवक्ता अजय लुइँटेललाइ हस्तान्तरण गरेका थिए। 
तपाइँको प्रतिक्रिया ।