अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्याण्ड पारा तेक्वान्दो संघको सल्लाहकारमा नियुक्त

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्याण्ड पारा तेक्वान्दो संघको सल्लाहकारमा नियुक्त

कपन अनलाइन

काठमाडौँ,चैत्र ३०  । अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का थाइल्यान्ड तेक्वान्दो संघअन्तर्गत थाइल्यान्ड पारा तेक्वान्दो संघको सल्लाहकारमा चयन भएका छन्।

सल्लाहकारमा चयन भएसंगै खड्काले संघले सञ्चालन गर्ने विभिन्न गतिविधिमा आफ्नो राय सुझाव दिन पाउने छन्।खड्का ग्योरोगी, पुम्से र पाराका अन्तर्राष्ट्रिय निर्णायक हुन्।खड्काले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद दिदै आफ्नो क्षमता प्रमाणित गर्ने अवसरका रुपमा लिएको बताएका छन्

तपाइँको प्रतिक्रिया ।