बुढानिलकण्ठ नगरपालिका वडा न.-७ मा राहत वितरण

बुढानिलकण्ठ नगरपालिका वडा न.-७ मा राहत वितरण

कपन अनलाइन

काठमाडौं ,चैत २९।

बुढानिलकण्ठ नगरपालिका वडा न.-७ को राहत वितरण सम्पन्न भएको छ । पुर्व निर्धारित तालिका अनुसार २७ र २८ गते २ दिनमा ४ वटा स्थानबाट वडाले राहत वितरण गरेको हो ।

वडाको भक्ती स्कुल, टिआइए  स्कुल,सृष्टि स्कुल र अमुप्रस्थ पार्टी प्यालेस समेत गरि ४ स्थानबाट निकैनै सहज तरिकाले राहत वितरण गरिएको हो ।
वडा न.७ भित्र रहेका दैनिक ज्याला मजदुरी गर्ने, विपन्न वर्ग लगायत बिहान बेलुकिको खाना खान नै समस्या भएको पुर्व अध्ययन गरेर वडाले २६२ परिवारलाइ राहत दिइएको बारे वडा अध्यक्ष बस नारायण महर्जले जानकारी दिएका छन  ।
साथै राहत वितरण कार्यमा साथ दिनुहुने सबै उप समितिहरु , कर्मचारीहरु, वडासदस्यहरु,नेपाली काङ्ग्रेस र नेकपा का वडा प्रतिनिधिहरु,सुरक्षा निकायका प्रतिनिधिहरु,युवा क्लबका प्रतिनिधिहरु,सामाजिक अभियान्ताहरु ,राहत वितरण गर्ने स्थान उपलब्ध गरिदिनुहुने महानुभावहरु लगायत सबै सहजकर्ताहरुलाइ अध्यक्ष महर्जनले   धन्यवाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।