कागेश्वरी मनोहरामा आज हुने आकस्मिक रक्तदानमा सहभागी हुन नगर प्रमुख कृष्णहरि थापाको अनुरोध

कागेश्वरी मनोहरामा आज हुने आकस्मिक रक्तदानमा  सहभागी हुन नगर प्रमुख कृष्णहरि थापाको अनुरोध

कपन अनलाइन

काठमाडौँ, चैत्र २९।

कागेश्वरी मनोहरा नगरपालिकामा आज आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ ।नगरपालिकाको संयोजनमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको नगर प्रमुख कृष्णहरि थापाले  कपन अनलाइन लाइ जानकारी गराए ।

उक्त रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न नगर प्रमुख थापाले नगरबासीहरुलाई आग्रह गरेका छन् । उनले संकटको समयमा धैर्यता गुमाउनु हुँदैन भन्ने मान्यताको साथमा  कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बखत अस्पतालहरुमा रगतको अभाव भएको समाचार ब्याप्त भएको र  रगतको अभावमा कसैको उपचार रोकिनु हुन्न र कसैले जीवन गुमाउनु हुन्न भन्ने मान्यतालाई आत्मसात  गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए। उनले सुरक्षित तवरले गर्न लागिएको उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्न इच्छुक नगरबासीलाई अनुरोध गरेका छन् ।

रक्तदान कार्यक्रम आज शनिबार  बिहान १० बजेपछी नगरपालिकाको कार्यालय प्रांगण थलिमा शुरु हुनेछ ।विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनबाट नागरिकहरु प्रभावित भएकोले मानव स्वास्थ्यका लागि अत्यावश्यक चिज रगतको कमी हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले बताएका छ ।

तपाइँको प्रतिक्रिया ।