बागमती प्रदेस काठमाडौं क्षेत्र नं ४(२) मा प्रकोप रोकथाम र नियन्त्रण कार्यको अनुगमन
कपन अनलाइन
काठमाडौं ,चैत २९।
बागमती प्रदेस काठमाडौं क्काषेत्र नं ४(२) प्रदेस सभा सदस्य कुसुम कुमार कार्की र न्युछे नारायण श्रेष्ठले बुढानिलकण्ठ नगरपालिकाका वडा नं १,२,र ८ मा राहत वितरण तयारी प्रकोप नियन्त्रण र रोकथामको अवस्थाका वारेमा अनुगमन गरेका छन।
सांसद द्वय संगै सो अनुगमनमा नेपाली कांग्रेस काठमाडौं ४(२) का सभापति विनोद चालिसे सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो। प्रकोप नियन्त्रण र रोकथाम प्रयासको अनुगमन गर्ने बागमती प्रदेस सरकारको निर्णय अनुसार प्रत्येक वडाका जनप्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकहरु संग विविध विषयमा छलफल समेत गरिएको थियो।
उक्त अनुगमनका क्रममा राहत वितरणको विषय र लकडाउन कडा बनाउने सम्बन्धमा छलफल गरिनुका साथै वडाका जनप्रतिनिधिहरुले हालसम्म गरेको काम र कठिनाइहरुका वारेमा पनि सुझाव लिइएको थियो।
तिनै वडाका अध्यक्ष तथा सदस्यहरुले अनुगमनमा आएका प्रदेस सभा सदस्यहरु संग प्रत्यक्ष जन सम्पर्कमा रहने जनप्रतिनिधि र स्वयंसेवकहरुको स्वास्थ्य सुरक्षा,राहत वितरण र प्रकोप व्यवस्थापनका वारेमा विशेष सहयोगको आग्रह गरेका थिए।
तिन वटै वडाहरुले राहत वितरण ,स्वास्थ्य सेवा , सुरक्षा र प्रचार लागयतका कार्यहरु वडाको भूगोल विभाजन गरेर सर्वदलीय प्रतिनिधि तथा स्वयंसेवकहरुको परिचालन गरेका छन।
त्यस्तै क्षेत्रका सबै वडाको अनुगमन पश्चात बागमती प्रदेस सभा सदस्य तथा सावर्जनिक लेखा समितिका सभापति न्युछे नारायण श्रेष्ठले प्रकोप नियन्त्रण र रोकथाममा स्थानीय तहका जनप्रतिनिधिहरुले खेलको भूमिका सराहनीय रहेको बताएका छन।
त्यस्तै लकडाउनको दोश्रो चरणमा राहत वितरणमा केन्द्रित हुदा लकडाउनका अन्य नियमको पालनामा असर पर्ने देखिएकोले त्यस तर्फ सचेत बन्नुपर्ने सुझाव दिएका छन।
यस क्षेत्र बाट प्रत्यक्ष तर्फ निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको संयोजकत्वमा गरिएको अनुगमनमा प्राप्त सुझाव र गुनासालाई समाधान गर्ने जानकारी दिइएको छ।