डा.राजन भट्टराई अस्पताल भर्ना , स्वास्थ्य स्थिति खतरामुक्त

डा.राजन भट्टराई अस्पताल भर्ना , स्वास्थ्य स्थिति खतरामुक्त

कपन अनलाइन

काठमाडौं ,चैत २९।

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना भएका छन् ।

आज बिहान करिव ७.३० बजे मुटुमा सामान्य समस्या भए पछी डा .भट्टराईलाई शहीद गंगालाल हृदयरोग केन्द्र उपचारका लागि लगिएको थियो।

डा. भट्टराईको मुटुमा रहेका दुइ वटा भल्भमा ब्लकेज भएकोमा उपचार पश्चात उनि सामान्य अवस्थामा रहेको र उनलाई भेट्न पुगेका  स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संग कुराकानी गरेका थिए ।

 मुटुको शल्यक्रिया खतरामुक्त अवस्थामा रहेका डा.भट्टराई संग कुराकानी पश्चात मन्त्रि ढकालले चिन्ता लिनु पर्ने अवस्था नरहेको बताएका छन।

डा.भट्टराईको  सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।कपन अनलाइन परिवार

तपाइँको प्रतिक्रिया ।