बागमती प्रदेस काठमाडौं क्षेत्र नं ५(२) मा स्वास्थ्य सेवाको अवस्था र सुधार सम्बन्धि छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौं,चैत २९।
बागमती प्रदेस काठमाडौं क्षेत्र नं ५(२) मा गठन भएको कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणको कार्यलाई अनुगमन गर्नका लागि गठन भएको अनुगमन समितिले बुढानिलकण्ठ र टोखा नगरपालिकामा आगामी दिनमा गरिने स्वास्थ्य सेवा प्रदान र व्यवस्थापनका वारेमा छलफल गरिएको छ।
सो छलफलमा प्रदेस सभा सदस्य भीमसेन खत्री ,टोखा नगर प्रमुख प्रकास अधिकारी ,उप प्रमुख ज्ञानमाया डंगोल ,नेपाली सेनाका प्रमुख सेनानी दिपक कोइराला ,प्रहरी नायव उपरीक्षक उमेस लम्साल , नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा.कृष्ण प्रसाद अधिकारी , बुढानिलकण्ठ स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल ,टोखा स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल ,टोखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत नारायण रिसाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा बुढानिलकण्ठ र टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले हाल सम्मको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको वारेमा जानकारी गराएका थिए ।
सो छलफलमा सो निर्वाचन क्षेत्रमा बसेबास गर्ने स्वास्थकर्मिको तथ्यांक लिएर उहॉहरुलाई स्थानिय स्तरमा सहयोग लिने तयारिगर्ने प्रस्ताव प्रदेस सभा सदस्य निरौलाले गरेका थिए । आगामी केहि हप्ता निकै चुनौतिपूर्ण रहेको भन्दै सांसद निरौलाले उक्त अवधिमा दुवै नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुको सहयोग लिने र प्रकोप नियन्त्रण र रोकथाममा लाग्ने अवधारणा प्रस्तुत गरेका थिए ।