गोकर्णेश्वर ८ मा कोरोना सम्बन्धी गलत अफवाह नफैलाउन वडा अध्यक्ष मनोजकुमार ढुंगानाको अनुरोध

गोकर्णेश्वर ८ मा कोरोना सम्बन्धी गलत अफवाह नफैलाउन  वडा अध्यक्ष मनोजकुमार ढुंगानाको अनुरोध

कपन अनलाइन

काठमाडौँ, चैत्र २९। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले वडाबासीलाई त्रसित नहुन अपिल गरेका छन । उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ अन्तर्गत चित्र २७ र २८ गते केहि ब्यक्तिहरुले नेपाल मेडिकल कलेज र मकालबारी क्षेत्रमा कोरोना भाइरस संक्रमित  ब्यक्तिहरु भेटिएको भनि जनमानसमा भ्रम फैलने गरि त्रास उत्पन्न गरेकोले वडाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

 उनले हाल सम्म  सो वडाभित्र कसैलाइ पनि कोरोना भाइरस पोजेटिभ भए नभएको प्रमाणित भईनसकेकोले यस्तो अवस्थामा दुस्प्रचार नगरिदिन पनि सबैलाई अनुरोध गरेका छन्। साथै उनले सत्य तथ्य सूचना सम्प्रेसण गर्न आग्रह गर्दै सबै टोल विकास समिति ,संघ संस्था तथा नगरवासीलाई संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् । उनले  सबैलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन अनुरोध गरेका छन् । उनले अनावश्यक हिडडुल नगर्न र चोक चोकमा नबस्न अनुरोध गर्दै त्यस्तो कार्य गरेको पाइएमा प्रशासनले कारवाही गर्ने पनि बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।