बुढानिलकण्ठ नगरको मूल सडक अन्तर्गत स्पेसल चोक देखि न्युरो अस्पताल सम्म सरसफाई

बुढानिलकण्ठ नगरको मूल सडक अन्तर्गत स्पेसल चोक देखि न्युरो अस्पताल सम्म सरसफाई

कपन अनलाइन

काठमाडौं ,चैत २९।

बागमती प्रदेसका सभा सदस्य दिपक निरौला , नेकपा बागमती प्रदेस कमिटिका सचिवालय  सदस्य सुन्दर पुर्कुटी , नेकपा बागमती प्रदेस कमिटिका सदस्य  तथा बुढानिलकण्ठ प्रमुख उद्दव खरेल  ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी सहितको अगुवाइमा न्युरो अस्पताल देखि विष्णुमति पुलसम्म  मूल सडक सरसफाई अभियान अन्तर्गत स्पेसल चोक देखि न्युरो अस्पताल सम्म सरसफाई गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाको चपली घुम्ती देखि स्पेसल चोक  सडक क्षेत्रको सरसफाइमा नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल , ,वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,वडा नं ७ का  अध्यक्ष बस नारायण महर्जन ,वडा नं ८ का अध्यक्ष सुमन तामांग सहित मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका सदस्य तथा स्वयंसेवकहरुको सहभागिता रहेको थीयो।

बुढानिलकण्ठ नगरको मुख्य सडकको सौन्दर्य तथा फोहोर नउठेको समयमा त्यस बाट हुन् सक्ने अन्य संक्रमण रोकथामका लागि सरसफाई गरिएको जानकारी दिदै  प्रदेस सभा सदस्य निरौलाले नगरका अन्य सडकमा पनि यस्तै अभियान चलाउनु पर्ने आवस्यकता रहेको बताएका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।