मर्निङवाक गर्ने र घुम्न आउनेका कारण लकडाउन उलंघन बढयो : सुरेन्द्र लामा (अध्यक्ष ,बुढानिलकण्ठ -१ )

मर्निङवाक गर्ने र घुम्न आउनेका कारण लकडाउन उलंघन बढयो : सुरेन्द्र लामा (अध्यक्ष ,बुढानिलकण्ठ -१ )

कपन अनलाइन

काठमाडौं ,चैत २९ ।

बुढानिलकण्ठ नगरपालिकाको वडा -१ लगायत उत्तरी भेगमा लक डाउन उल्लंघनका घटना बढेकोमा वडा अध्यक्ष सुरेन्द्र लामाले दु:ख व्यक्त गरेका छन । प्रहरीले मुख्य सडक र घुम्ती टोलिले बाहिर सडकमा निगरानी गरेको मौका छोपेर भित्री क्षेत्रमा लकडाउन उल्लंघन गरिएको हो ।

विसेषत बिहान प्रातकालिन भ्रमणमा आउनेको शंख्या धेरै रहेको र त्यसले संक्रमण र जोखिम बढाएको अध्यक्ष लामाले बताएका छन। जनता आफै सचेत बन्नुपर्नेमा झन उल्लंघन गर्ने प्रतिस्पर्धा जस्तो भएको भन्दै लामाले बढी उल्लंघनकर्ता बढे पछि स्वयंसेवक परिचालन गरेको र अव कसैलाई पनि छुट नहुने जानकारी दिएका छन।

त्यस्तै वडामा राहत वितरणको सम्पूर्ण तयारी गरिएको जानकारी दिदै अध्यक्ष लामाले प्रकोप नियन्त्रण र रोकथामका वारेमा प्रदेस सभा सदस्य र राजनीतिक दल सहभागी  अनुगमन टोलीलाई जानकारी दिएका थिए।

तपाइँको प्रतिक्रिया ।