सांसद यज्ञराजसुनुवार र पोकली झरना सेवा समाज द्वारा लिखु गाउँपालिकालाई सहयोग

सांसद यज्ञराजसुनुवार र पोकली झरना सेवा समाज द्वारा  लिखु गाउँपालिकालाई सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २८।

 ओखलढुंगाका सांसद यज्ञराज सुनुवार र पोकली झरना सेवा समाजले लिखु गाउँपालिकालाई मेडिकल सामग्री उपलब्ध गराएका छन् । उनीहरुले संयुक्त रुपमा मेडिकल सामग्री उपलब्ध गराएका हुन् ।

सांसद सुनुवार र समाजका पदाधिकारीहरुले आज लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई २ हजार ३ सय मास्क, पीपीई र विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

काठमाडौँमा गरिएको हस्तान्तरणमा पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्ट, महासचिव शम्भु बराल र कोषाध्यक्ष दीपक ढुंगेललको सहभागिता थियो ।

सांसद सुनुवारले जिल्लाका सबै स्थानीयतहले प्रकोप रोकथाम र नियन्त्रणका लागि गरेको काममा संघ संस्थाले पनि सहयोग गर्दा महामारी संग लड्न सहज हुने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।