काठमाडौं क्षेत्र नं ५ (२) का ९ वडाहरुमा पहिलो चरणको राहत वितरण

काठमाडौं क्षेत्र नं ५ (२) का  ९ वडाहरुमा पहिलो चरणको राहत वितरण

कपन अनलाइन

काठमाडौं ,चैत २८।

काठमाडौं क्षेत्र नं ५ (२) का विभिन्न वडाहरुमा पहिलो चरणको राहत वितरण सम्पन्न भएको छ।बुढानिलकण्ठ नगरपालिकाका ३,४,५,६,,७ ,टोखा नगरपालिकाका २,३,४,५,६,,७ र काठमाडौं महानगरपालिकाको वडा नं ३ रहेको यस क्षेत्रका ९  वटा वडामा पहिलो चरण अन्तर्गतको राहत वितरण भएको छ।

क्षेत्रमा रहेका वडाहरुमा प्रकोप नियन्त्रण र रोकथामका सचेतना अभियान ,सरसफाई र अभिमुखीकरण संगै वडाहरुमा निम्न परिवार  शंख्यालाई  राहत वितरण गरिएको जानकारी गराउन चाहान्छु ।

बुढानिलकण्ठ नगरपालिका

वडा नं ४ -२८६ (परिवार शंख्या)

वडा नं ५ -१३४ (परिवार शंख्या)

वडा नं ६ -१४३ (परिवार शंख्या)

वडा नं ७ -२७४ (परिवार शंख्या)

टोखा नगरपालिका

वडा नं २ -३४२ (परिवार शंख्या)

वडा नं ३ -३७२ (परिवार शंख्या)

वडा नं ५  -५२२ (परिवार शंख्या)

वडा नं ६ -५७० (परिवार शंख्या)

काठमाण्डौ महानगरपालिका

वडा नं ३ – २१०० (परिवार शंख्या)

त्यस्तै टोखा नगरपालिका वडा ७ मा आज (चैत २८)  बुढानिलकण्ठ ३ र टोखा ७ मा भोलि चैत (२९ ) मा राहत वितरण गरिनेछ।

कोभिड १९ को प्रकोप संग लड्न र आमनागरिकलाई सुरक्षित राख्ने अभियानमा सक्रिय रहने जनप्रतिनिधि ,नेपाली सेना ,नेपाल प्रहरी ,राजनीतिक दलका प्रतिनिधि ,स्वास्थ्यकर्मी ,संचारकर्मी ,स्वयंसेवक र क्षेत्रवासीलाई प्रदेस सभा सदस्य निरौलाले धन्यवाद दिएका छन।

त्यस्तै अर्को चरणको राहत वितरण तथा प्रकोप व्यवस्थापनलाई व्यवस्थिति र प्रभावकरी बनाउनका लागि छलफल गर्ने जानकारी दिदै निरौलाले बुढानिलकण्ठ नगरको मूल सडक सर सफाई जारी रहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।