महामारीको समय वक्तव्यवाजी हैन जनताको सेवा गर्ने वेला हो :रामहरी खतिवडा

महामारीको समय वक्तव्यवाजी हैन जनताको सेवा गर्ने वेला हो :रामहरी खतिवडा

कपन अनलाइन

ओखलढुंगा ,चैत २८।

नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामहरी खतिवडाले महामारीको समयमा सबैले आ एकमत र एकजुट भएर प्रकोप रोकथाम र नियन्त्रणमा लाग्नुपर्नेमा  जोड दिएका छन।

पछिल्लो केहि दिन देखि ओखलढुंगा जिल्लाका केहि गाउँपालिकाका केहि राजनीतिक दल र  वडाहरु प्रकोप रोकथाम र नियन्त्रण भन्दा वक्तव्यवाजिमा छन नि ? भन्ने कपन अनलाइनको प्रश्नमा खतिवडाले अहिलेको समय आरोप प्रत्यारोप र प्रतिसोध जस्ता साना कुरा बाट माथि उठेर ओखलढुंगाका जनताको सेवामा लाग्नुपर्ने रहेको बताएका छन।

वर्तमान समय भनेको एकले अर्कालाई सहयोग गर्ने र सामुहिकताको भावना राखेर सहकार्य गर्नुपर्ने वेला भएकोले वक्तव्यमा समय वर्वाद नगरी राहत तथा  सहयोगमा लाग्नका लागि खतिवडाले सबैलाई आव्हान गर्दै सबै स्थानीय तहका जिल्लावासी जनताले समान सुविधा पाउनु पर्ने बताए।

त्यस्तै धरानमा अलपत्र परेका जिल्लावासीको उद्दार गरेको जानकारी दिदै खतिवडाले धादिंग,बाग्लुंग ,संखुवासभा  र रसुवाका १७ परिवारलाई उद्दार तथा सहयोगको प्रवन्ध मिलाएको कपन अनलाइन बताए ।

त्यस्तै अहिले सांसदको पूर्वाधार विकास कोष अन्तर्गत रहेको करिव २० अर्व रुपैया राहत र जनताको सेवा सुविधामा लाउनु पर्ने बताउदै खतिवडाले यसका लागि सरकार संग माग समेत गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।