काठमाडौं -४ का विपन्न परिवारलाई टीटीआई इलेक्ट्रोनिक्स नेपालको खाद्यान्न सहयोग

काठमाडौं -४ का विपन्न परिवारलाई टीटीआई इलेक्ट्रोनिक्स नेपालको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २८।

टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रा.लि.ले यसको कार्यालय रहेको काठमाडौं महानगरपालिका वडा नं.४ मा बसोबास गर्ने आर्थिक रुपमा विपन्न वर्गका लागि २०७६ साल चैत २८ गते शुक्रबार श्री धुम्रबराह माध्यमिक विद्यालयको प्रांगणमा राहत प्रदान गरियो ।

टीटीआईले १५० परिवारलाई चामल १२ केजी, दाल १ केजी, च्युरा १ केजी, नुन १ केजी, खाने तेल ५०० मिलिलिटर, भटमासको मस्यौरा २०० ग्राम, साबुन (नुहाउने र लुगा धुने) १—१ थानको दरले वडा समिति कार्यालयलाई उपलब्ध गराइयो ।
राहत वितरणमा प्रदेश सांसद नारायण सिलवाल, कामनपा वडा ४ का अध्यक्ष मोहन विष्ट, सोही वडाका सदस्यहरू दिनेश महर्जन र ध्रुव त्रिपाठी उपस्थित रहेका थिए ।

सो अवसरमाटीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रा.लि. महाप्रबन्धक,  नवीन पाँडेले  कोभिड १९ महामारीले विश्वमै मानव जातीलाई संकटमा पारेको यो बेला अझ बढी समानुभूति प्रकट गर्ने  संकटको बेला राहत उपलब्ध गराउन  अवसर दिएकोमा कामनपा ४ नम्बर वडा समितिलाई र  त्यस  कार्यमा साथ दिने  श्री ध्रुम्रबराह क्लब तथा स्वयम्सेवकहरूलाई धन्यवाद दिएका थिए ।

त्यस्तै  काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्टले  कोभिड १९ संक्रमणलाई न्युनिकीरकण गर्नलाई राज्यले लकडाउनको अवधारणा लागू गरेको तथा  वडा ४ का गरिब, आर्थिक अवस्था कमजोर भएका र अति आवश्यक परेकालाई राहत वितरण गर्ने काम जारीरहेको जानकारी गराउदै सहयोगीलाई धन्यवाद दिएका थिए।

टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रा.लि. टीटीआई इंकको एउटा शाखा हो । यसको मुख्यालय अमेरिकास्थित टेक्सासको फोर्टवर्थमा रहेको छ । टीटीआई संसारकै धनाढ्य वारेन वफेटको कम्पनी बर्कसायर हाथवेको एउटा अंग हो । टीटीआई विश्वभरी औद्योगिक र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादकहरूको लागि इलेक्ट्रोनिक कम्पोनेन्टको विशेष वितरक हो । मेडिकल उपकरण उत्पादक उद्योगहरूलाई आवश्यक सामाग्री वितरण गर्नु टीटीआईको महत्वपूर्ण काममा पर्दछ ।

तपाइँको प्रतिक्रिया ।