टोखा नगरपालिकाको कोषमा नयाँ किरण बचत तथा ऋण सहकारीको ५५ हजार ५ सय ५५ रुपैंयाँ

टोखा नगरपालिकाको कोषमा नयाँ किरण बचत तथा ऋण सहकारीको ५५ हजार ५ सय ५५ रुपैंयाँ

कपन अनलाइन

काठमाडौं ,चैत २८।

टोखा नगरपालिकामा संचालित  नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले टोखा नगरपालिकाको विपद कोाषमा ५५ हजार ५ सय ५५ रुपैंयाँ सहयोग गरेको छ ।
सहकारीका अध्यक्ष सत्यनारायण डंगोलले  ५५ हजार ५ सय ५५ रुपैंयाँको चेक टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए  ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेकोमा सहकारीका अध्यक्ष डंगोल लगायत सहकारी परिवारलाई धन्यवाद दिएका छन।
सो अवसरमा नगर प्रमुख अधिकारीले नगरपालिकामा क्रियाशिल अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल लगायत सहकारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।