चैत महिनामा सुत्केरी हुने बुढानिलकण्ठका महिलाले १ केजी घ्यु पाउने
कपन अनलाइन
काठमाडौं ,चैत २८।
चैत महिनामा सुत्केरी हुने बुढानिलकण्ठ नगरपालिकाका सुत्केरी हरुले एक केजी घ्यु पाउने भएका छन। नेपाल डेरी एसोसियसनका सदस्य रहेका रहेका डेरी उद्योगहरुले नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गर्दै उक्त घोषणा गरेका हुन्।
नगरपालिकाको विपद व्यवस्थापन कोषमा विन्धवासिनी डेरी उधोगले १० हजार , मेलम्ची इन्द्रावती डेरि मिलनचोक कपनबाट ५ हजार, भिमेश्वर डेरि रुद्रमती २ हजार, गौरीशंकर डेरी एकातावस्ती २ हजार, तिमल्सिना डेरी बालुवाखानी २ हजार, अमित दूध भण्डार प्रगती चोक कपन १ हजार सहयोग गरेको डेरीका संचालक चेतनाथ दाहालले जानकारी दिएका छन।
देशभरी धेरै ठाउँमा यस कार्यमा आफ्ना सदस्य डेरी उधोगहरु समाबेश भएकोमा खुशी ब्यक्त गर्दै आवश्यक परेको ठाउँमा अरु सदस्यहरुलाई पनि सहभागीता जनाउन नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले आव्हान गरेका छन।