तारकेश्वर नगरपालिका वडा नं ५ ले कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि लकडाउन कार्यन्वयनमा कडाइ गर्दै
कपन अनलाइन
काठमाडौँ, चैत्र २६ ।तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगाले सार्वजनिक सुचना जारी गरेको छ ।वडा अध्यक्ष बासु प्रसाद गौतम द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत विश्व ब्यापी ररुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसको संक्रमणलाइ नेपाल मा फैलन नदिनको लागि र त्यस बाट बच्नका लागि नेपाल सरकारले सिंगो देश नै लक डाउन गरेको हालको विषम परिस्थीतिमा तारकेश्वर नगरपालिका वडा न ५ का सम्पूर्ण वडाबासीहरुलाई घर बाहिर निस्किएर अनावश्यक रुपमा चोकमा बसी कुरा नगर्नु हुनको साथै वडा भित्रका बिभिन्न स्थानमा लकडाउन कडाइको लागि स्वयं सेवक खटाईएको हुँदा स्वयम् सेवकको निर्देशन मानि सहयोग गरिदिन समेत अनुरोध गरेको छ साथै वडा भित्र प्रवेश गर्ने निम्न नाका पनि पूर्ण रुपमा बन्द गरिएको जानकारी गराएको छ ।
फुलबारी गेट- गुम्बा ढलको बाटो,हरियाली समाजपूर्वी गेट, मुडखु १ नंपुल चो गाउ, बस्नेतटार हुँदै गोलढुंगा बाटो, झुलाफाट ४नं सिमाना ,बोराटारजिफोर्स बाटो ।साथै वडा भित्र संचालनमा रहेका दैनिक उपभोग्य सामग्री पसल मात्र ६ बजे देखि ९ बजे सम्म र सांझ ५ बजे द्केही ७ बजे सम्म भिड भाड नगरी सामाजिक दुरी कायम गरि संचालन गर्न अनुरोध गर्दै अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्न पनि अनुरोध गरिएको छ ।
वडा सदस्य अनन्त मणि आचार्यका अनुसार सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको र तारकेश्वर नगरपालिका वडा नं ५ मा बाहिरबाट आउने मानिसको चाप बढे संगै स्थानीयको गुनासो लाइ सम्बोधन गर्दै वडाले लक डाउनलाइ कडाइ गर्न लागिएको बताए ।सरकारले एक प्रदेश बाट अर्को प्रदेश, एक जिल्ला बाट अर्को जिल्ला र एक स्थानीय निकाय बाट अर्को स्थानीय निकाय आवत जावतमा सरकारले रोक लगाए संगै स्थानीय सरकारले पनि लक डाउन सफल बनाउन र कोरोना संक्रमण फैलन नदिन कडा रूपमा प्रस्तुत हुनु पर्ने भन्दै वडामा संक्रमण नफैलियोस भनेर उक्त कार्य गर्न लागेको जानकारी गराए ।