तारकेश्वर नगरपालिका वडा नं ११ ले राहत वितरण गर्ने
कपन अनलाइन
काठमाडौँ, चैत्र २६ ।तारकेश्वर नगरपालिका वडा नं ११ले राहत वितरण गर्ने भएको छ । विश्व ब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा तारकेश्वोर नगरपालिकामा ११ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत को लागि कुपन वितरण गरेको वडा अध्यक्ष बिन्दा बुढाथोकीले जानकारी गराइन ।
उनले तारकेश्वर नगरपालिका वडा नं ११ मा गठित विपद व्यवस्थापन समितिले राहतको लागि संकलन गरेको २ जना सम्म सदस्य भएका ११६ परिवार र ३ वा ३ भन्दा माथि सदस्य भएका ४६७ परिवार गरि कुल ५८३ परिवारलाइ राहत वितरण गर्न लागिएको पनि जानकारी गराइन। उनले २०७६ साल चैत्र २७ गते प्राप्त कुपन लिएर निम्न समय र स्थानमा आउन समेत अनुरोध गरेकी छिन।
१ इमेज स्कुल लाखेडोल
२ एन आर स्कुल नेपालटार
३ ११ नं वडा कार्यालय विन्दवासिनी
४ फुटसल चारघेरे मा बिहान ७ बजे देखि १० बजे सम्म राहत वितरण गर्न लागेको पनि जानकारी गराइन।
सो बारेमा वडाले सार्वजनिक सुचना समेत जारी गरेको छ ।
राहत वितरण दैनिक मजदुरी गरि खाने अति भन्दा अति बिपन्न बर्गका पिडितहरुले मात्र पाउने जानकारी गराउदै यस असहज परिस्थितिमा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवारबाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझ्न पनि वडा अध्यक्ष विन्दा बुढाथोकीले अनुरोध गरेकी छिन । साथै उनले कोभिड १९ कोरोना भाइरसको महामारी बाट बच्नका लागि अहिले वडाले विदेश बाट आएका वडा बासीहरुको विवरण संकलन गरिरहेको र यस विचमा विदेस बाट नेपाल आएर बसेका वडा बासीको अवस्था पत्ता लगाएर नगरपालिकाका जनप्रतिनिधि र बिज्ञ स्वास्थ्यकर्मीको टोलीलाई घरमै पुगेर स्वास्थ्य अवस्थाको जांच गर्ने व्यवस्था पनि मिलाएको जानकारी दिदै वडा अध्यक्ष बुढाथोकीले त्यसको कुनै जानकारी भए आफ्नो वडाका जनप्रतिनिधिलाई खबर गर्नका लागि अनुरोध गरेकी छिन ।
उनले अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन वडा वासीलाई अनुरोध गर्दै अत्यावश्यक नभएका पसल, आदि खोलिरहेका र मानिसहरु बिभिन्न ठाउँमा घुम्न गईरहेको भन्ने जानकारीमा आएकाले यस संवेदनशील घडीमा अविलम्ब ति ब्यबसायहरु बन्द गर्न/गराउनु हुनका साथै घुम्न निस्कनु हुने सबै आ-आफ्नो वासस्थानमा फर्की self-quarantine मा रहन पनि अनुरोध गरेकी छिन ।