नयाँपाटी साकोस गोकर्णेश्वर -२ को आकस्मिक घुम्ती रक्तदान कार्यक्रम सम्पन्न

नयाँपाटी साकोस गोकर्णेश्वर -२ को आकस्मिक घुम्ती रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र २५गोकर्णेश्वर नगरपालिकामा  २ मा रहेको नयापाटी बचत तथा ऋण सहकारी संस्थाले आकस्मिक  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व ब्यापी  महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बाट सुरक्षित रही  साबधानी पुर्वक संक्रमण फैलन नदिई सर्वसाधारणको जिउधनको सुरक्षाका लागि नेपाल सरकारले देश भर पूर्ण रुपमा लक डाउन भएको अवस्थामा रगतको अभाब लाइ मध्यनजर गर्दै  चैत्र २४ गते बिहान १० बजे देखि नयापाटी र सुन्दरीजल क्षेत्रमा घुम्ती सेवा मार्फत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले रक्तदान गरि उक्त कार्यक्रमको शुभारम्भ गरेका  थिए ।

गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीमा आफ्नै भवनमा मुख्य कार्यालय तथा सोही नगरपालिका-६, जोरपाटी र कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र ब्लड डोनर एसोसियसन नेपाल(ब्लोदान) आह्वानमा सोमबार  गोकर्णेश्वर नगरपालिका वडा नं.१,को सुन्दरीजल बसपार्क , बाराही चोक , वी.पी. चोक र  वडा नं. २ को नयाँपाटी चोकमा रक्तसंचार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आकस्मिक घुम्ती रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

उक्त रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी गराए  ।उनले संकटको समयमा धैर्यता गुमाउनु हुँदैन भन्ने मान्यताको साथमा  कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बखत अस्पतालहरुमा रगतको अभाव भएको समाचार ब्याप्त भएको र  रगतको अभावमा कसैको उपचार रोकिनु हुन्न र कसैले जीवन गुमाउनु हुन्न भन्ने मान्यतालाई आत्मसात  गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।उनले कोरोना भाइरस (कोभिड १९) का त्रास र प्रतिकुल मौसमको बिच सम्पन्न कार्यक्रममा सहभागि भई कार्यक्रम सफल पार्न सहयोग  गर्ने सबैलाई आयोजक संस्थाको तर्फ बाट धन्यवाद ज्ञापन गरेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।