विपत्ति संग लडन एकतावद्ध र अनुसासित प्रयास आवस्यक छ :डा .राजन भट्टराई

विपत्ति संग लडन एकतावद्ध र अनुसासित प्रयास आवस्यक छ :डा .राजन भट्टराई

कपन अनलाइन 

काठमाडौं ,चैत २४।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले विषम परिस्थिति संग जुध्नु परेको वर्तमान समयमा सामुहिक भावना र व्यवहार प्रदर्शन गर्दै सरकारको अभियानमा सहयोग गर्नका लागि अपिल गरेका छन।

विश्व नै कोरोना भाइरसको प्रकोप विरुद्ध लडिरहेको अवस्थामा अन्यन्त सिमित श्रोत र साधनका बावजुद पनि नेपालले यसको नियन्त्रण र रोकथाममा प्रभावकारी काम गरेको भन्दै डा .भट्टराईले  अझै यस महामारी संग लड्न बाकि रहेको बताएका छन।

विस्वका लागि नै नितान्त नयाँ समस्याका रुपमा रहेको यो महामारी संग जुध्न नेपाल सरकारले गरेको प्रयास र त्यसमा आम जनताको सहयोगले नै अन्य छिमेकि मुलक भन्दा नेपाल सहज  अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा कसैले  व्यक्तिगत उत्तेजना ,आवेग र निहित स्वार्थ राख्नु मातृभूमि र जनता प्रतिको धोका हुने धारणा राखेका छन।

यस्तो नविन र गम्भीर विपत्तिमा केहि कमीकमजोरी भए पनि त्यसका वारेमा प्रकोप नियन्त्रण पश्चात खुलेर बहस गर्न सकिने बताउदै डा.भट्टराईले यस्तो वेला सबैले मन बचन ,कर्म र अभिव्यक्तिले जोखिम मोलेर मैदानमा रहेका जनप्रतिनिधि ,स्वास्थ्य कर्मी ,सुरक्षा कर्मी र संचारकर्मीको मनोवल उच्च बनाउन योगदान दिनुपर्ने आवस्यकता रहेको धारणा राखेका छन।

डा .राजन भट्टराईको अपिल:

अहिले सिंगो बिश्व Novel Corona Virus रोकथाम तथा नियंत्रणको महाअभियानमा छ। हामी पनी हाम्रो क्षमता, उपलब्ध साधन श्रोत र अबस्था अनुसार यस काममा लागिपरेका छौ। संसारका लागी यो नितान्त नयाँ समस्या हो ।

यस्को रोकथाम र नियंत्रणको अनुभवको पनी कमी छ। तरपनि नेपाल सरकारले अहिले सम्म लिएका सही निर्णयहरू र त्यस्मा आमजनताको अभुतपूर्व सहयोग र समर्थनका कारण परिस्थीति हाम्रो नियंत्रण भन्दा बाहिर गएको छैन।

हामीभन्दा धेरै हिसाबले राम्रो अबस्थामा रहेका नजिकका छिमेक लगायत संसारका थुप्रै मुलुकहरूको अबस्था भन्दा हामी अहिले सम्म राम्रो अबस्थामा छौ। तर फेरिपनी हामी ढुक्क हुने अबस्थामा छैनौ। हाम्रा अगाडि अत्यन्त गम्भिर जोखिम कायमै छ।

यसकारण पनी हामी धेरै सावधानीका  साथ चल्नु परेको छ । अहिले पनी हाम्रो प्राथमीकता भनेको रोकथाम नै हो । जति कडाईका साथ हामी रोकथाम गर्न सक्छौ त्यती नै यो महामारीलाई नियन्त्रण गर्न सफल हुनेछौ।

काम गर्ने क्रममा कमिकमजोरी भएका हुनसक्छन। रहेछन भनेपनि तीनलाई सच्याऊदै अघी बढ्नुको हामीसंग बिकल्प छैन। यसबेला हामी सबैमा समुहिक भावना र ब्यबहारको खाचो छ । हामी सबैले मनन गर्नैपर्ने कुरा यो हो कि हामी माथी आइलागेको यो बिषम परिस्थीतिलाई हाम्रो एकताबद्घ र अनुशासित प्रयासले मात्र परास्त गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।